राजा सहनीको गुनासो– काकाको छोराले भूमाफियासँग मिलेर मेरो पैत्तृक सम्पत्ति हडप्न खोज्यो

Advertisement

काठमाडौं । रौतहट गरुडा नगरपालिका–३ मलाही टोलका स्थानीय बासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमन गर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन ।

मंगलबार पत्रकार सम्मेलन गर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले बेला–बेलामा आफूमाथि मुद्दा दायर गर्दै दुःख दिएको तथा आफ्नी छोरी ललितादेवीलाई धनी बनाई र राजा सहिनीलाई ऋणी बनाई जाली तमसुक बनाएर आफ्नो सम्पत्ति हड्प्न खोजेको सुनाएका हुन् ।

२०६९ चैत्र ६ गते जिल्ला मालपोत कार्यालय रौतहटबाट नक्कली तमकुस बनाई तीन लाख रुपियाँको राजा सहनीलाई ऋणी बनाई जिल्ला अदालत रौतहटमा निज रामचन्द्र सहनीले आफनी छोरी ललिता देवीमार्फत मुद्दा दायर गर्दा उक्त कपाली तमसुकलाई जिल्ला अदालत रौतहटबाट चेकजाँचको लागि बिधि–बिज्ञान प्रयोगशाला खुमलटारमा पठाउँदा उक्त कपाली तमसुक जाली र किर्ते ठहर भएर गएको पनि उनले बताए ।

रामचन्द्र सहनीले आफ्नो छोरा त्रैलोक्य सहनीलाई २०७० जेठ २ गतेको मिति राखि ३७ लाख रुपियाँको जाली कपाली तमसुक बनाई त्यही राजा सहनीलाई ऋणी बनाई निज राजा सहनीको पूरै सम्पत्ति हड्प्नको लागि जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर्दा अदालतले उक्त तमसुक चेकजाँच गर्नको लागि बिधि–विज्ञान प्रयोगशाला खुमलटारमा पठाएकोमा उक्त कपाली तमसुक सदर गराउनको लागि केही दलाल तथा भूमाफियाहरुको चलखेल देखिएको उनको भनाई छ ।

सो कपाली तमसुकलाई बिधि–बिज्ञान प्रयोगशालाले सदरी गरि पठाईसक्दा पनि आफूले न्याय नपाएको पीडितको गुनासो छ । आफूले भोगचलन गर्दै आएको जमिनमाथिको किचलोले आफू अन्यायमा पर्दै गएको सहनीको भनाई छ ।

निज रामचन्द्र सहनीले पैसाको चलखेल गरेर विधि विज्ञान प्रयोगशालाबाट आफ्नो हस्ताक्षर मिलेको भनी प्रमाणित गरेकोमा पनि राजा सहनीले आपत्ति जनाए ।

उनले आफ्नै काकाका छोराले यसरी जालसाँझी गराएर पैत्तृक सम्पत्ति हडप्न खोजेको सुनाउँदै यो प्रकरणमा सरकारले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने र दोषी प्रमाणित भए आफू कानूनबमोजिम सजाय भोग्न तयार रहेको पनि सुनाए ।

Advertisement

Advertisement

Advertisement