उच्च नाफा हुँदा पनि आयल निगमले हवाई इन्धनको मात्रै मूल्य घटायो

Advertisement

काठमाडौं । उच्च नाफा हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन आनाकानी गर्दै आएको भन्दै नेपाल आयल निगमको आलोचना भइरहेको बेला निगमले भने हवाई इन्धनको मात्रै मूल्य घटाएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । मासिक ६० करोड रुपियाँ नाफा हुँदा पनि मूल्य घटाउन आनाकानी गर्दै आएको निगमले इन्धन बिक्रीवापत उपभोक्ताबाट लिएको तीन अर्ब रपियाँ बोनस खान लागेपछि महालेखा परीक्षकको कार्यालयले रोक लगाएको अवस्था छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्बढ् हुँदा सोहीअनुरुप नेपालमा पनि मूल्य समायोजन गर्ने स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मात्रै मूल्य घटाएर पन्छिएको हो ।

निगम सञ्चालक समितिले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर मंगलबार राति १२ बजेपछि लागू हुने निर्णय गरेको हो । मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।

Advertisement

Advertisement

Advertisement