शाइन रेसुङ्गा बैंकको मेरो बचत खाता सार्वजनिक

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” अभियान सार्वजनिक गरेको छ ।

बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रुपमा आर्थिक कृयाकलापमा सहभागी बनाउने योजना अनुरुप कार्य गरिरहेको बैंकले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement