लुम्बिनी विकास बैंकको खुद नाफामा ८६.२६ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले व्यवसाय विस्तारमा खुद नाफामा उच्च वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो।

चालु आवको तेस्रो त्रैमासमा बैंकले ३४ करोड ३४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १८ करोड ४४ लाख रुपियाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा गत आवको तेस्रो त्रैमासभन्दा १५ करोड ९० लाख रुपियाँ बढी नाफा कमाएको हो।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन २५ तथा कर्जा लगानीलाई २७ प्रतिशत बढीले विस्तार गरेको हो। जसबाट बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेको छ ।

चैत मसान्त सम्म लुम्बिनीले २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा १९ अर्ब ४२ करोड ५४ लाख ५८ हजार रुपियाँ निक्षेप संकलन गरेर १७ अर्ब ४९ लाख ५८ हजार ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपियाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ जम्मा पारिसकेको छ । यो गत वर्षको तुलनामा ४६.२४प्रतिशतले बढी हो । गत वर्ष बैंकले जगेडा कोषमा १ अर्ब २० लाख ४४ हजार रुपियाँ राखेको थियो ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६६ रुपियाँ ३२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ८।४० गुणा धेरै छ । बैंकको आधार ब्याजदर ११.१३ र कोषको लागत ८.७८ प्रतिशत रहेको छ । आधार ब्याजदर १.६२ प्रतिशत र निक्षेप संकलन लागत ०.४३ प्रतिशतले सुधार भएको हो।

Advertisement

Advertisement

Advertisement