विदेशबाट फर्केर तरकारी खेति

Advertisement

उदयपुर । वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षभन्दा लामो समयसम्म खाडीमुलुकमा पसिना बगाएका उदयपुरको त्रियुगा नगरपालिका–९ नवउदयटोलका भेषवहादुर कटुवालले स्वदेश फर्किएर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नो ४ कठ्ठा जमिनमा लगाएको गोलभेंडा, काउली, वन्दा, बोडि, तितेकरेला, लौका, फर्सी, भन्टा, खुर्सानी, काक्रा र टमाटर लगायतका तरकारी खेतीबाट घर खर्चसंगै मासीक १५ हजार आम्दानी गर्दै आएको कटुवालले वताए ।

‘६ वर्ष सम्म विदेशमा रहदा खासै सन्तोषजनक कमाई नभएकोले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर मैले तरकारी खेती सुरु गरेको हुँ,’ उनले भने, ‘विदेशमा गर्ने दुख नेपालमै गर्यो भने घर परिवारसंग वसेर मनग्य आम्दानी गर्न सकिन्छ ।’ श्रीमतीले कृषी प्रावीधीक पढेको हुनाले आफुलाई तरकारी खेती गर्न धेरै सहज भएको उनले बताए । मेहनत गर्ने हो भने तरकारी खेतीबाट घरपरिवारसंगै वसेर मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement