पूर्णिमा विकास बैंकको नाफा १८ लाख रुपियाँले घट्यो

काठमाडौं।  पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा घटेको छ।

बैंकले  गत आर्थिक वर्षको सोही अवधिमा पाँच करोड ८५ लाख रुपियाँ नाफा कमाएको बैंकले चालु आर्थिक  वर्षको तेस्रो त्रैमासमा पाँच  करोड ६७ लाख ५८ हजार रुपियाँ मात्र नाफा कमाएको छ  ।  बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमसको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा भन्दा यस अवधिमा बैंकको नाफा १८ लाख रुपियाँले घटेको छ ।

united

गत आर्थिक वर्षमा  दुई  अर्ब ६४ करोड रुपियाँ  निक्षेप संकलन  र दुई  अर्ब ४२ करोड कर्जा लगानी गरेको  पुर्णिमा विकास बैंकले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा बैंकले तीन अर्ब ४३ करोड १९ लाख रुपियाँ निक्षेप संकलन गरी तीन अर्ब १२ करोड तीन लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

प्रतिशेयर आम्दानी १३ रुपियाँ ७३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ एक सय २६ रुपियाँ ७६ पैसा रहेको छ । तरलता अनुपात ३१ दशमलव ११ प्रतिशत रहेको छ ।