सिद्धार्थ बैंकको खुद नाफा साढे एक अर्ब बढी

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफामा १५ प्रतिशतको वृद्धि सहितको विवरण बिहीबार सार्वजनिक गरेको छ। व्यवसायको आकार खर्ब माथि पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन र कर्जा परिचालनको आकार एक खर्ब माथि नाघेको बैंकले जनाएको छ ।

बैंकको वित्तीय विवरणमा कर्मचारी र सञ्चालन खर्च ५० प्रतिशत बढीले बढेको छ । जसले बैंकको खुद नाफा वृद्धि औसत मात्र देखिन्छ। कोषको लागत र खराब कर्जा अनुपात गत आवको यसै अवधिको तुलनामा केही वृद्धि भएको छ।

सिद्धार्थले खुद ब्याज आम्दानी ४३.९८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड ८४ लाख २ हजार रुपियाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफामा १५.०८ प्रतिशत सुधार हुँदै २ अर्ब २६ करोड ९७ लाख ७६ हजार रुपियाँ पुगेको छ ।

बैंकले १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख ४९ हजार रुपियाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार रुपियाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.३६ प्रतिशत र कस्ट अफ फन्ड ७.५४ प्रतिशत छ । बेस रेट १०.३७ प्रतिशत रहेको छ ।

सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपियाँ पुगेको छ । रिजर्भ कोषमा ४ अर्ब २ करोड ५५ लाख १ हजार रुपियाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपियाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपियाँ ७५ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपियाँ ३ पैसा रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने थोरै बढेको नै छ। गत वर्षको चैत मसान्तमा ११.३० प्रतिशत रहेको बैंकको आधार ब्याजदर १०.३७ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.४९ बाट ७.५४ प्रतिशतमा बढेको छ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.३१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.३६ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपियाँ ७५ पैसा, कर्जा निक्षेप अनुपात ७८.९१ र मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ।

Advertisement

Advertisement

Advertisement