सानिमा बैंकको नाफा ९ महिनामा डेढ अर्ब

Advertisement

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास(९ महिना)मा एक अर्ब ५७ करोड ५३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ३७ करोड ५ लाख रुपियाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो। गत वर्षको चैत मसान्तमा बैंकले एक अर्ब २० करोड ४७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो।

सानिमा बैंकले चैत मसान्त अवधीमा ८५ अर्ब निक्षेप संकलन गरेर ७९ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७८.५८ प्रतिशत कायम भएको छ । सानिमाले २ अर्ब ९१ करोड खुद ब्याज आम्दानी गर्न सफल हुँदा खराब कर्जा भने जम्मा ०.१२ प्रतिशतमा सिमित गराएको छ ।

८ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपियाँ रहेको छ । सानिमा बैंकको कष्ट अफ फण्ड ७.२९ प्रतिशत छ भने स्प्रेड दर ४.६४ प्रतिशत छ । सानिमाको आधार ब्याजदर ९.३१ प्रतिशत छ । त्यस्तै, प्रति सेयर आम्दानी २६.५२ रुपियाँ छ भने प्रति सेयर नेटवर्थ१४०.३२ रुपियाँ छ ।

समीक्षा अवधिमा बैंकले दुई अर्ब ९१ करोड ९८ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३९.४७ प्रतिशत अर्थात ८२ करोड ६३ लाख रुपियाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ९ करोड ३४ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Advertisement

Advertisement

Advertisement