फोहोर गरेको झोकमा आफ्नै बाबुद्धारा छोराको हत्या

Advertisement

दोलखा । दोलखाको शैलुन गाउँपालिका(४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी अपांगता भएको छोराको हत्या आरोपमा पक्राउ परेका छन् । हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालिएको प्रहरीले जनाएको छ ।

बोल्न र हिड्न नसक्ने बेदबहादुरलाई बैशाखको सुरुवातीदेखि नदेखेपछि शंका लागेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बेदबहादुरले घस्रदैँ जताततै दिशापिसाब गरेका कारण हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement