नेपाल एसबिआई बैंकको खुद नाफामा १६ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले ९ महिनामा १५८ करोड नाफा कमाएको छ । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा बैंकले २०७४ चैत मसान्तको तुलनामा २१ करोडले नाफा बढाएर १५८ करोड पुर्याएको हो । २०७५ चैत मसान्तमा बैंकले १३७ करोड नाफा आर्जन गरेको थियो ।

बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण बैंकको निक्षेप संकलनको आकार बढाएर एक खर्ब नघाएको बैंकको कर्जा परिचालनको आकार पनि १८ प्रतिशतले वृद्धि भएको छ। जसले खुद ब्याज आम्दानीमा १६ प्रतिशतले सुधार आउँदा नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ ।

नेपाल एसबिआई बैंकले पछिल्लो ३ महिनामा १६ अर्बले निक्षेप वृद्धि गरेर एक खर्बको आँकडामा पुर्याएको छ । बैंकको कर्जा भने पछिल्लो ३ महिनामा ८६ अर्बबाट बढाएर ८९ अर्ब पुर्याएको छ । नेपाल एसबिआई बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोड आर्जन गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपियाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपियाँ ८६ पैसाबाट २५ रुपियाँ २६ पैसामा बढेको हो। बैंकको जगेडा कोष ५.८४ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ४ अर्ब ७५ करोड ४१ लाख रहेकोमा हाल ५ अर्ब ३ करोड २० लाखमा वृद्धि भएको हो।

Advertisement

Advertisement

Advertisement