‘प्रेमगीत ३’ को प्रदर्शन मिति घोषणा, नावयिका नीतिसँग प्रदीपको रोमान्स

Advertisement

काठमाडौँ । प्रेमकथामा आधारित फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिज बन्ने भएको छ। निर्माण युनिटले फिल्मको छायाँकन सुरु हुनु अगावै पोस्टर र चैत २८ गतेको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

दुई सिरिजको सफलतापछि निर्माण युनिटले तेस्रो सिरिज निर्माण गर्न लागेको हो। सन्तोष सेनको निर्माण रहने फिल्मको निर्देशक पनि उनी स्वयं र छेतन गुरुङको संयुक्त निर्देशन रहने बताइएको छ । ‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए ।

फिल्ममा प्रदीपको अपोजिटमा नायिका नीति शाहले डेब्यू गर्ने चर्चा छ । आफूलाई ‘प्रेमगीत ३’ अफर भएको नीति स्वयंले खुलाएकी थिइन् । अभिनेता राजेश हमालले पनि फिल्ममा अभिनेय गर्ने बताइएको छ। उनी यो फिल्ममा प्रदीपको पिताको भूमिकामा देखिँदैछन्। यस फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।

Advertisement

Advertisement

Advertisement