यूएइको एयरलाइन्समा नेपाली फिल्म

Advertisement

काठमाडौँ । विश्वभर विभिन्न एयरलाइन्सबाट उडान अवधीभर विभिन्न भाषाका फिल्म हेरेर मनोरञ्जन लिने गरिन्छ । तर, यस्ता उडानमा नेपाली मुलुकमा बनेको फिल्म भने हेर्न पाउँदैनन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली फिल्म खरिद गर्न थालेको छ ।

नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्ससँग नेपाली फिल्म प्रदर्शन गर्ने गरि सहमती गरेको छ । यसको सुरुवात फिल्म ‘हरी’ बाट हुँदैछ । नेपाली फिल्म प्रदर्शन गर्ने एयरलाइन्सको नाम भने खुलाइएको छैन । सन् २०१९ को मे महिनाबाट ‘हरी’ फिल्म उपलब्ध हुनेछ ।

नेपालफ्लिक्स’ एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । अब अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा पनि नेपाली फिल्म देखाउने क्रमको विकास भए नेपाली फिल्मका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउने छन् भने नेपाली चलचित्रको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ । नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले अरु फिल्म प्रदर्शन गर्नका लागि अन्य मेकरसँग पनि कुराकानी भइरहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement