भारतमा टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा

Advertisement

काठमाडौँ। विश्वभर चर्चा र प्रयोगमा रहेको चीनको भिडियो एप टिकटकले निकै लोकप्रियता बटुलेको छ । तर छोटो समयको अभिनय गरेर साथिभाइ, आफन्तसमक्ष सेयर गर्ने टिकटक कतिपय स्थानमा विवाद पनि आएको छ।

केहीसाताअघि भारतमा लोकप्रिय एप टिक टक हटाइएको थियो । बुधबार भएको सुनवाईपछि भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ ।
उक्त कम्पनीले २५० जनाको जागिर खतरामा रहेको भन्दै प्रतिबन्ध हटाउन भारतको सर्वोच्च अदालतमा गत शनिवार मुद्दा दायर गरेको थियो ।
भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३।५ करोड रुपैयाँ घाटा भइरहेको थियो

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएउन गुगल र एप्पललाई अनुरोध गरेको थियो । सो बमोजिम गुगल र एप्पलले टिक टक हटाएका थिए । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलाडेड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन ।

अदालतको आदेशपछि बाइटडान्सले पुनरावेदन गर्यो । साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन ।
अदालतको नयाँ आदेशपछि कम्पनीले खुशी व्यक्त गरेको छ, ‘हामी यो निर्णयबाट हुशी छौं । भारतमा टिक टकलाई धेरै माया गरिन्छ । अब थप प्रयोगकर्ताहरु यसमा आवद्ध हुने विश्वास लिएका छौं,’ कम्पनीका एक प्रवक्ताले सीएनएनलाई भनेका छन् ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभर यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिक टकले भारतमा लगानी बढाउने तयारी गरिररहेको थियो ।

Advertisement

Advertisement

Advertisement