तिलगंगा आँखा अस्पताललाई स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग

Advertisement

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार तीन सय ९९ रुपैयाँ सहयोग गरेको छ । बैंकले अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा यसअघि गरेको सहमति अनुसार उक्त रकम उपलब्ध गराएको जनाएको छ । यस परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रमा शल्यक्रिया सुविधा विकास गरेर अन्धोपन घटाउने लक्ष्यसाथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधा स्तरोन्नति गर्ने रहेको छ ।

Advertisement

Advertisement

Advertisement