सिद्धार्थ बैंकको नाफा १५.३७ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं।  सिद्धार्थ बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले यस अवधिसम्ममा एक अर्ब ५९ करोड २९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा  बैंकले एक अर्ब ३८ करोड ६ लाख रुपियाँ मात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा भन्दा यस अवधिको बैंकको नाफा  १५ दशमलव ३७ प्रतिशतले बढीे देखिएको हो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्ममा एक खर्ब एक अर्ब ३८ करोड ३६ लाख रुपियाँ कर्जामा लगानी गरेको छ। भने यस अवाधिसम्मम्मा  एक खर्ब पाँच अर्ब ६३ करोड ५७ लाख रुपियाँ संकलन गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी २४ रुपियाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ एक  सय ६२ रुपियाँ ७५ पैसा, तरलता अनुपात २१ दशमलव ७७ प्रशितत रहेको छ । आधार ब्याजदर १० दशमलव ३७ प्रतिशत र कोषको लागत ७ दशमलव ५४ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement