प्रहरीले नियम विपरीत सिमकार्ड बिक्री गर्नेलाई पक्राउ गर्न थाल्यो

Advertisement

काठमाडौं । प्रहरीले नियम विपरीत दुरसञ्चार कम्पनीका सिमकार्डहरु बिक्री वितरण गर्नेलाई पक्राउ गर्न थालेको छ। अनाधिकृत रुपमा सिमको प्रयोग गरेर अपराध बढ्दै गएकाले प्रहरीले नियन्त्रणमा लिने कार्य सुरु गरेको जनाएको छ। प्रहरीले दुरसंचार ऐन २०५३ अनुसार अनुसन्धान सुरु गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार मात्र दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दिलबहादुर खत्री र राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दुबै जनाको पसलबाट नेपाल टेलिकमको १० थान र एनसेलको २६ थान सिमसमेत फेला पारेको छ। उनीहरुले एउटा सिमको ३ सयदेखि ५ सयसम्म बिक्री गर्ने गरेको प्रहरीको दाबी छ। उनीहरुले विक्री गरेको सिमको मूल्य कागजपत्र पुर्याएर सम्बन्धित कम्पनीबाट सिम खरिद गर्ने हो भने मूल्य कम नै हुन आउँछ।

अनाधिकृत सिम प्रयोग गरेर फोनमार्फत फिरौती माग्ने तथा मार्ने धम्की दिने गरेको पाईन्छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा कचनकवल गाउँपालिका वडा नं. ३ पथरियाका २९ वर्षीय तिलकदास पराजुली र हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का प्रदीप रोकायालाई नियन्त्रणमा लिएको छ।

Advertisement

Advertisement

Advertisement