नेपाल लाइफ इन्स्योरेन्सको एजीएम जेठ ४ गते

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार साधारण सभा आह्रवान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४र७५ को साधारण सभा होटल दियालो वीरगञ्जमा बिहान ९ः३० बजे १९ औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपियाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।

साथै, नेपाल लाईफले १९ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति निर्धारण गरेको छ।

यस अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बैशाख १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको लाभांश पाउनेछन्।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३।५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

Advertisement

Advertisement

Advertisement