चट्याङ लागेर १ जनाको मृत्यु

Advertisement

झापा । झापाको भद्रपुर नगरपालिका ६ मा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement