साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, तोलामा दुई सयको वृद्धि

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५९ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर ५९ हजार आठ सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार २७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार १५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपियाँले बढेर सात सय ३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement