सेञ्चुरी बैंकको ६.५० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। बैंकको आठौं वार्षिक साधारण सभाले बैशाख १२ गते बिहीबार उक्त विवरण प्रस्तुत गरेको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

बैंकको सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

आठौं वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ। आ.व. २०७५र७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ। यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै, १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

Advertisement

Advertisement

Advertisement