एनआईसी एसिया बैंकका तीन नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा एक गरी थप तीन नयाँ शाखाको उद्घाटन कार्यक्रम गरेको छ ।

बैंकले मध्यपुर ठिमी नगरपालिका– ५ भक्तपुरस्थित राधेराधे शाखा कार्यालय सोही वडाका वडा अध्यक्ष अमृतमान श्रेष्ठ, चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित शाखा पनि सोही वडाका वडा अध्यक्ष शिवहरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका–४ पर्सा स्थित जगरनाथपुुुर शाखा जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरेका थिए ।

नयाँ शाखासँगै बैंकको २८१ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखा रहित बैंकिङ इकाई भएका छन् ।

Advertisement

Advertisement

Advertisement