गत वर्षको तुलनामा सहयोगी विकास बैंकको नाफा घट्यो

Advertisement

काठमाडौँ । सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद मुनाफा सात करोड चार लाख रुपियाँ कमाएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा सात करोड ६३ लाख रुपियाँ नाफा कमाएको थियो।  जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७६ प्रतिशतले घटेको देखिएको  हो ।

बैंकले तेस्रो त्रैमास अवधिसम्ममा खुद ब्याज आम्दानी पनि ओरालो लागेको छ।  अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ४७ लाख ७१ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको बैंकको चालु आर्थिक वर्षक नौ महिनाको अवधिमा घटेर १५ करोड सात लाख १० हजार रुपियाँमा सिमित रहेको छ।

बैंकले जगेडा कोषमा भने चार अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपियाँ जम्मा गरेको छ भने चुक्ता पुँजी पाँच अर्ब सात करोड ८९ लाख ४५ हजार रुपियाँ पुगेको छ। यस अवधिमा बैंकले चार अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपियाँ निक्षेप संकलन गरेर तीन अर्ब ८५ करोड दुई लाख ७२ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४३ रुपियाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ एक सय ३८ दशमलव ९३ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement