श्रीलंकामा बम विस्फोट : मृतकको संख्या १०० बढीले घटाइयो

Advertisement

श्रीलंका । श्रीलंका सरकारले आइतबार मुलुकका विभिन्न भागमा भएका बम विस्फोटमा मृतकको संख्या घटाएको छ। शुक्रबार श्रीलंका सरकारले मृतकको संख्या संशोधन गरेर १०० भन्दा बढीको संख्या घटाएको बीबीसीले लेखेको छ। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम विस्फोटमा मृत्यु हुनेको संख्या 'लगभग २५३' भएको जनाएको छ।

यसअघि श्रीलंकाका विभिन्न मन्त्रीहरू र सुरक्षा निकायले ३६० भन्दा बढीको मृत्यु भएको जानकारी दिएका थिए। स्वास्थ्य मन्त्रालयले यसअघि सार्वजनिक मृतकको संख्या गणनामा गल्ती भएकाले मृतक बढी देखाइएको बताएको छ। आइतबार श्रीलंकाको राजधानी कोलम्बो र पूर्वीसहर बट्टीकालोआमा विभिन्न होटल र चर्चमा आत्मघाती हमला भएका थिए। जसमा सयौँको मृत्यु र घाइते भएका थिए। विस्फोटमा मृत्यु हुने अधिकांश नागरिक श्रीलंकन भएको पनि श्रीलंकाको सरकारले जानकारी दिएको छ। विस्फोटमा मृत्यु हुने विदेशी नागरिक पनि रहेका थिए।

प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा दर्जनौँ व्यक्तिलाई हिरासतमा लिएको छ। विस्फोटमा संलग्न ९ जनाका तस्वीर पनि प्रहरीले जारी गरेको छ। जसमा ८ जना श्रीलंकन नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। हमलामा आतंककारी संगठन स्लामिक स्टेटको संलग्नताबारे श्रीलंकाका सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन।

रक्षा सचिवको राजीनामा

यसैबीच श्रीलंकाका रक्षा सचिव हेमसिरी फर्नान्डोले राजीनामा दिएका छन। उनले विस्फोटपछि राजीनामा दिएका हुन। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले विस्फोट हुँदैछ भन्ने जानकारी हुँदाहुँदै पनि त्यसलाई रोक्न विफल भएको भन्दै रक्षा सचिवलाई राजीनामा दिन भनेका थिए।

Advertisement

Advertisement

Advertisement