पोखराको अमरसिंह चोकमा पनि पुग्यो एनआईसी एशिया बैंक

Advertisement

काठमाडौं।  एनआईसी एशिया बैंकले पोखरास्थित अमरसिंह चोकमा आफ्नो नयाँ शाखाको उद्घाटन भएको छ । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले शुक्रबार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लिराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

बैंकको हालसम्म देशभर दुई सय ८१ वटा शाखा कार्यालय, दुई सय ८९ वटा एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement