भारतमा आईफोन सिक्स र सिक्स प्लस बन्द

Advertisement

काठमाडौँ । एप्पलले भारतमा आईफोन सिक्स र आईफोन सिक्सको बिक्री बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले एक महिनादेखि उत्पादनका फोन बिक्री नगर्ने पसलहरू समेत बन्द गर्ने बताएको छ। कम्पनीका तीन वरिष्ठ कार्यकारीले यो जानकारी दिएका हुन्।

कम्पनी भारतमा एप्पलको प्रिमियम ब्रान्ड भ्याल्यू बनाउन चाहन्छ। यी दुवै फोनको बिक्री बन्द गर्दा आईफोनको सुरुवाती मूल्य करिब पाँच हजार भारतीय रूपैयाँ बढ्ने अपेक्षा गरिएको छ। जसबाट कम्पनीको उद्देश्य पूरा हुनेछ। आईफोन बनाउने कम्पनीले २०१४ मा आईफोन सिक्सलाई सार्वजनिक गरेको थियो। यसमा ३२ जिबी भेरियन्टको मूल्य करिब २४ हजार  नौ सय रूपैयाँ र आईफोन सिक्स एस भर्सनको मूल्य २९ हजार नौ सय भारतीय मूल्य छ। कार्यकारीका अनुसार एप्पलले ‘डिस्काउन्टेड ब्रान्ड’ को ट्याग हटाउन पछिल्लो वर्ष आईफोन एसईको सुरुवाती मूल्य २१ हजार रूपैयाँभन्दा बढाएको थियो। र यसलाई अन्य पसलहरूबाट पनि हटाएको थियो।

थोरै बिक्री गर्ने आउटलेट पनि बन्द

एक कार्यकारीले भने, ‘कम्पनीले भारतमा एप्पल एउटा प्रिमियम ब्रान्ड बनाउने सोच बनाएको छ। यसले आईफोनलाई औसत मूल्यमा समेत बढाउन खोजिरहेको छ। एप्पल वितरकले आफ्नो वरपरका स्टोरहरूलाई समेत जानकारी दिइसकेको छ। तीन सय ५० देखि चार सय वर्गफुट क्षेत्रफल भएका एक महिनादेखि एप्पलको फोन बिक्री न्यून मात्रामा गर्ने त्यस्ता पसलहरू बन्द गरिनेछ।’ उनका अनुसार कम्पनी त्यस्ता आउटलेटहरूबाट आफ्नो बजारीकरण तथा सम्पत्तिसमेत हटाउँदैछ। यसले एप्पलको सबल स्टोरको संख्या पनि बढाउने योजना बनाएको छ।

एप्पलको आधिकारिक बिक्रेताका नाममा परिचित त्यस्ता स्टोरहरू पाँच सय वर्ग फुटभन्दा बढी क्षेत्रफलमा खुलेको हो। कम्पनीका अनुसार यसका सबै व्यावसायिक साझेदारसँग अधिक मात्रामा स्टोरहरू छन्। एक कार्यकारीले भने, ‘एप्पलले व्यावसायिक साझेदार कम भए पनि त्यससँगको सम्बन्ध बलियो बनाउन चाहेको छ। यसले निश्चित शर्तमा स्टोरहरू खोल्नेछ। सेवाग्राहीलाई सुलभ रूपमा सुविधा दिन्छ।’ कम्पनी आरपी टेकसँग आईफोनले वितरण साझेदारी यही अप्रिलमै तोड्ने भएको छ। यो जिम्मेवारी अब इनग्राम माइक्रो तथा रेडिन्टनले सम्हाल्ने भएको छ। एप्पलसँग पछिल्लो वर्ष भारतमा पाँच बिक्रेता थिए। जसमध्ये कम्पनीले ब्राइटस्टार र एचसिएल इन्फो सिस्टमसँगको साझेदारी तोडिसकेको छ।

Advertisement

Advertisement

Advertisement