भारतीय प्रधानमन्त्री मोदीले गरे बनारसबाट उम्मेदवारी दर्ता

Advertisement

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

उनी सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए। उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ। आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो। उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ। सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ। सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो। भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन्। ती दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन्।

प्रधानमन्त्री मोदीले सो मनोनयन दर्ता गर्ने बेलामा ती २८ ओटै गठबन्धन राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए। भारती जनता पार्टीको नेतृत्वमा उक्त नेशनल डेमोक्रेटिक अलाइन्स ९एनडिए० गठन भएको हो। उनको मनोनयका समयमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय जनता पार्टीका अरु केन्द्रीय नेताहरु, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरुको सो अवसरमा सहभागिता रहेको बनारसबाट प्राप्त समाचारमा जनाइएको छ।

मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो। उनी गएको निर्वाचन सन् २०१४ मा पनि बनारसका अतिरिक्त गुजरातबाट निर्वाचन लडेका थिए। उनले सो निर्वाचनमा यी दुवै क्षेत्रबाट विजयी भएका थिए। बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो। त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन्। त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ।

भारतमा यहाँको संसदको तल्लो सदन, लोकसभाका ५४३ स्थानका लागि मतदान जारी छ। अहिलेसम्म देशका विभिन्न स्थानमा छ चरणको मतदान भइसकेको छ। अब आगामी चरणको निर्वाचनपछि मे २३ मा परिणाम घोषणा हुने कार्यक्रम रहेको भारती निर्वाचन आयोगले जनाएको छ।

Advertisement

Advertisement

Advertisement