उदयपुर । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) आज उदयपुरको सदरमुकाम गाईघाट आउने भएका छन् । सानीमा लाइफ इन्सुरेन्स लिमिटेडको नयाँ शाखा विस्तार तथा उद्घाटनका लागी मुन्द्रे गाईघाट आउने भएका हुन् ।
गाईघाटस्थित विधुतमार्ग अन्र्तगत जगत भवनको पहिलो तलामा अवस्थित कार्यलय आईतवार कम्पनिका ब्राण्डएम्बेस्डर समेत रहेका हास्य कलाकार मुन्द्रेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आईतवार दिउँसो साढे ३ वजे उद्घाटन हुने कार्यक्रममा मुन्द्रे सानीमा लाईफ कम्पनीका महाप्रबन्धक शिवराम तिमल्सिना र बजार व्यावस्थापन प्रमुख गणेश चौलागाईको समेत उपस्थिती हुनेछ । कार्यक्रममा नगर क्षेत्रका विभीन्न वित्तिय,सस्था, व्यापारी, व्यावसायि,पत्रकारलगाएतको समेत उपस्थिती रहने छ ।
सानीमा लाइफ इन्सुरेन्स २०७४ सालमा स्थापना भई यसअघि केहि जिल्ला र ठुला सहरमा समेत शाखा विस्तार गरिसकेको छ ।