असार १९ गतेबाट ४५ हजार रुपियाँमै काठमाडौंबाट सिधै जापानको ओसाका पुगिने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब १५ वर्षपछि जापानमा पुनः उडान सुरु गर्ने भएको छ ।  निगमले जापानको नागरिक उड्डयन व्यूरोबाट विभिन्न प्रकारका भाडादर स्वीकृतिको अनुमति पाएपछि असार १९ गतेदेखि ओसाकाको उडान भर्ने भएको हो ।

निगमले अब जहाज अवतरणको पनि अनुमति पाउने र जापान उड्ने भएको छ । वायुसेवा निगमले दिएको जानकारी अनुसार निगमलाई ४५ दिन भित्र उडान अनुमति दिने गरी प्रक्रिया अगाडि बढाएको थियो । सो अनुसार तीन सातामा पहिलो चरणको अनुमति दिएको र अब फेरि यसको उडान प्रक्रिया अनुसार जहाज अवतरणको अनुमति दिने छ ।

निगमको जहाजले हाललाई सातामा तीन वटा जापान उडान गर्दै छ । त्यसपछि आवश्यकता अनुसार थप गर्न र जापानको अर्को सहरमा जान पनि प्रयास गर्ने छ । हाल निमगले जापानको नागरिक उड्डयन व्यूरोबाट स्वीकृत गराएइसकेको छ ।

अब निगमले काठमाडौंबाट जापान न्युनतम ४५ हजार रुपियाँमा नै उडान गर्ने भएको छ । निगमले गर्ने यस्तो उडानमा दुईतर्फी भने ८० हजार रुपियाँसम्म हुने भएको छ । विभिन्न प्रकारका भाडादर भएपनि निगमले यो न्युनतम दरमा अब नेपालीले काठमाडौंबाट सीधै जापान जान पाउने जानकारी निगमले दिएको छ ।

निगमले एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको उल्लेख छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने जनाएको छ ।

निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्ने भएको छ।

निगमले गत असार १० गते र साउन १४ गते भित्र्याएको दुईवटा २७४ सिट क्षमताको वाइडबी विमानलाई अब भने लामो दूरीको गन्तव्यमा पालैपाले उडान गर्नेछ। निगमले जापानको अर्को गन्तव्य नारितामा पनि उडान अनुमतिको प्रयास जारी राखेको छ।

सन् १९९३ को पुरानो सम्झौतामा बोइङ ७२७ र ७५७ सिरिजका जहाजमात्र उडान गर्न पाउनेमा अहिले भने अन्तर्राष्ट्रिय उडान गर्नसक्ने जुनसुकै ब्रान्ड र संस्करणका जहाज नेपालले जापान उडान गर्न सक्नेछ । निगमले असारमा गत वर्ष खरिद गरेको एयर बस कम्पनीको वाइडबडी जहाजमार्फत उडान गर्दैछ । ओसाका उडानका लागि निगमले त्यहाँ आफ्नो कर्पोरेट कार्यालय सञ्चालनमा ल्याइसकेको  जनाएको छ ।

जापानसँग पछिल्लो पटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । पछिल्लो पटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो ।

जापानमा वाइडबडी मात्रै जाने र यसले अहिले पूर्णक्षमतामा उड्न नपाएकाले यसैको क्षमतलाई उपयोग गरिने छ। यो विमानस्थलमा उडान गर्दा निगमको वाइडबडीले दैनिक १५ घण्टा उडान गर्नेछ। उक्त उडान वाइडबी जहाजमार्फत सातामा तीनवटा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको वायुसेवा निगमले जानकारी दिएको छ।

Advertisement

Advertisement

Advertisement