'छक्का पञ्जा २' पुनः प्रदर्शन असफल

Advertisement

 

काठमाडौँ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः हलमा प्रदर्शन गरेको छ । दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ ।

हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले नेपालको ठूलो फिल्म 'दाल भात तरकारी' ले समेत रिलिज हेरफेर गरेपछि दीपकले ‘छक्का पञ्जा २’ शुक्रवार पुनः प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
ठूलो रकम खर्च गरेर प्रचारप्रसार तथा प्रोमो बजाइएको ‘छक्का पञ्जा २’ फिल्म गए शुक्रवारदेखि प्रदर्शनमा आएतापनि सोचे अनुरुप नभएपछि फिल्मका निर्माता दीपकराज गीरीले फेसबुकमा लामो स्टाटस कोर्दै फिल्म असफल भएको ‘स्वीकार गरेका छन् । पुनः प्रदर्शन पनि एउटा सम्भावना हुनसक्छ भन्ने आफूहरुको सोच असफल भएता पनि कुनै ग्लानी नभएको उनको भनाई छ । उनी लेख्छन्, 'सफलताको आकाशमा त्यही उड्छ, जसले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ ।'



‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा ल्याउने घोषणा गर्दा दीपकराजको टिमलाई दर्शकले लोभीको संज्ञा दिएका थिए । पुरानो फिल्म देखाएर फेरि पैसा कमाउन लागेको चौतर्फी आरोपपछि दीपकराजले कमाईको केही प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका थिए ।

 

 

Advertisement

Advertisement

Advertisement