दाङमा बस दुर्घटना, ४ जना घाइते

Advertisement

दाङ । दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। आइतबार दिउँसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको हो।

तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखौवा नजिक बस दुर्घटना भएको हो।

घाइते हुनेमा दंगीशरण गाउँपालिका २ की जमुना वली, बबई गाउँपालिका २ का सिताराम वली, तुलसीपुर ५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

Advertisement

Advertisement