सुजुकीको नयाँ वर्षको योजना 'स्योर प्राइज' सार्वजनिक

Advertisement

काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सिजि मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ को अवसरमा कम्पनीले सुजुकी स्योर प्राइज योजना प्रस्तुत गरेको हो ।

यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख रुपियाँसम्मको नगद छुट, १ लाखसम्मको एक्चेन्ज बोनस तथा एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्न सकिनेछ । यो योजना यही वैशाख १३ गतेदेखि प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेल हरुमा लागू गरिएको छ । यो योजना नेपाल अधिराज्यभर लागू हुने छ ।

नेपालमा सुजुकीका विभिन्न उत्पादनहरु बिक्री–वितरण हुँदै आएका छन् । अल्टो, के१०, नयाँ ठूलो वागोनर, सिलेरीयो, सिलेरीयोक्स, इग्निस, स्विफ्ट, बलेनो, डीजायर, ब्रिजा, भित्तराब्रिजा, आम्नी भ्यान, आम्नी कार्गो, ईको तथा सुपर क्यारी जस्ता गाडीहरु नेपाली बजारमा विक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement