जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

Advertisement

काठमाडौं । जनता बैंकको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् ।

उनीसँग विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । जनता क्यापिटल नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवालगायतका मर्चेन्ट बैंकिङको कारोबार गर्न इजाजत पाएको कम्पनी हो ।

बोर्डबाट इजाजत पाएपछि जनता बैंक र स्पर्स लघुवित्त वित्तिय संस्थाको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरिसकेको कम्पनीले जनाएको छ । अरु संस्थाहरुसँग पनि शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement