एनआईसी एसियाको ५ नयाँ शाखा र १ शाखारहित बैंकिङ सेवा थपियो

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र चार र रौतहतमा एक गरि पाँच नयाँ शाखा र १ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिकाको बालुवाटारमा सञ्चालन गरिएको शाखाको प्रदेश नं ३ का साँसद नारायण सिलवालले उदघाटन गरे । त्यस्तै, नार्गजुन नगरपालिकाको ठूलो भ¥याङमा सञ्चालनमा आएको शाखाको बंैकको प्रादेशिक कार्यालय प्रमुख राजेश रावलले उदघाटन गरे । नार्गजुनकै रामकोटमा सञ्चालनमा ल्याइएको शाखाको उपप्रादेशिक कार्यालय प्रदेश नं ३ का प्रमुख सुबास जोशीले उद्घाटन गरे ।

काठमाडौंको चाबहिलमा सञ्चालनमा आएको शाखाको स्थानीय वडाअध्यक्ष् शुद्धकुमार डंगोलले उदघाटन गरे । रौतहतको गुजरा नगरपालिका सिम्राभवानीपुरमा सञ्चालनमा आएको शाखाको सोही नगरपालिकाकी उपप्रमुख रौसन खाँतुनले उद्घाटन गरिन् । त्यसैगरी, रुपन्देहीको कंचनगाउँपालिका गरगर्रेमा सञ्चालनमा आएको शाखारहित बैंकिङ सेवाको सोही गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले उद्घाटन गरे । उक्त शाखा रहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लालबहादुर थापा नियुक्त भएको एनआइसी एसियाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement