उदयपुरमा अज्ञात रोगबाट एकको मृत्यु,नौं जना ग्रसीत

Advertisement

उदयपुर । उदयपुरमा अज्ञात रोगबाट एक जनाको मृत्यु भएको छ भने नौं जना ग्रसीत भएका छन् । जिल्लाको रौतामाई गाउँपालिका ६ नामन्ताका समाल मगर थरका बासिन्दाहरुम सुरुमा हात काँप्ने, विस्तारै खुट्टा, टाउँको अनि पूरै शरिर हल्लिएर काँप्ने अज्ञात रोग देखा परेको हो ।

अज्ञात रोगले च्यापेर गत चैत २७ गते दुर्गाबहादुृर समाल मगरको ज्यान गईसकेको छ भने अन्य नौ जना सिकिस्त विरामी परेका छन् । विमारीले च्यापेपछि आइतबार ७ जनालाई जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ । ७० वर्षीय डम्बरबहादुर समाल मगर, ६४ वर्षीय तुलबहादुर समाल मगर, ६४ वर्षीया जानीमाया मगर, २९ वर्षीय बलबहादुर समाल मगर, ४० वर्षीया हिरामाया मगर, ३६ वर्षीया ललीमाया मगर र २९ वर्षीय पुष्प समाल मगर अस्तालमा भर्ना भएका हुन् ।

समाल थरको छोरा वा छोरीमा मात्रै देखा परेको रोग बुहारी र छोरीका छोरा छोरीमा भने देखा नपरेको बताइएको छ । रोगको सुरुवाती लक्षण हात, खुट्टाबाट देखिने गरेका छ । विस्तारै विस्तारै पुरै शरिर नै काप्ने गरेको छ । अनौठो खालको विरामी देखा परेकाले रोगको पहिचान खुल्न नसकेको जिल्ला अस्पताल उदयपुका सुचना अधिकारी विर्ख वहादुर खत्रीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement