नेपाल बैंकले खुद नाफा १२.५५ प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । नेपाल बैंकको खुद नाफा घटेको छ। बैंकले गत आवको यसै अवधिमा बैंकले दुई अर्ब ५६ करोड ७७ लाख नाफा कमाएको थियो । बैंकले चैत मसान्तसम्ममा दुई अर्ब २४ करोड ५५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड को वित्तीय विवरणमा (एनएफआरएस)का अनुसार १२.५४ प्रतिशतले खुद नाफा घटेको हो ।

बैंकको नाफा घट्दा बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आवको चैत मसान्तमा ४२ रुपियाँ ५७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३० रुपियाँ ५२ पैसामा खुम्चिएको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपियाँबाट बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपियाँ पुगेको छ ।

नेपाल बैंकको चैत मसान्त सम्म  जगेडा कोषमा गत वर्षको भन्दा २.४७ प्रतिशतले बढेर १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपियाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १५ अर्ब २३ करोड ३६ लाख ८६ हजार रुपियाँ थियो ।

नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ खर्ब ५ अर्ब ६३ करोड २६ लाख २७ हजार रुपियाँ निक्षेप संकलन गरेर ८८ अर्ब १९ करोड १२ लाख २० हजार रुपियाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ३०४ रुपियाँ ४७ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement