सर्वोत्तम सिमेन्टले ल्यायो ‘मजबुती घरलाई, उपहार सबैलाई’ अफर

Advertisement

काठमाडौँ । सर्वोत्तम सिमेन्टको ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक अफर योजना बजारमा ल्याएको छ । अत्याधुनिक युरोपियन भीआरएम प्रविधिका साथै अन्य सर्वोत्तम टेक्नोलोजिहरूको प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रालिले नयाँवर्षको अवसरमा आफ्नो ग्राहकहरूका लागि ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक ५० बोरा सर्वाेत्तम ओपीसी र सर्वोत्तम पीएससी सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरू प्राप्त गर्ने छन् ।

यस योजनामार्फत ग्राहकहरूले कुपन स्क्र्याच गरी ५५” र ६५” को स्मार्ट टिभी, ३२” र ३९” को एलईडी टिभी, दुई सय १० लिटरको फ्रिज, एक टनको एसी, सात केजीको वासिङ मेसिन, एक दशमलव आठ लिटरको राइस कुकर, रिमोट भएको स्टान्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्य थुप्रै आकर्षक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement