श्रीलंकामा सिलसिलाबद्ध बम विस्फोटपछि अनुहार ढाक्ने कपडा लगाउन प्रतिबन्ध

Advertisement

श्रीलंका । गएको २१ अप्रिल ‘इस्टर’ को दिन आतंकवादी समूहले गराएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ ।

‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो आपतकालीन कमद उठाएको जानकारी दिए ।

सोमबारबाट लागू हुने यो प्रतिबन्धले मुस्लिम महिलाहरुले लगाउने बुर्कामा भने कुने असर गर्ने छैन । पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार, श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक बयान जारी गर्दै प्रधानमन्त्रीले कानुन मन्त्रीसँग यसबारेमा एक मस्यौदा तयार गर्नका लागि भनेका छन् ।

‘कानुन मन्त्रीले श्रीलंकाको मुस्लिम धार्मिक गुरुहरुको प्रमुख संस्था आईसीजेयूका अधिकारीहरुसँग सल्लाह र सुझाव लिएर एक मस्यौदा तयार गर्नुपर्छ ।’ प्रधानमन्त्री सिरिसेनाले भनेका छन् । तर आईसीजेयूले भने एक प्रस्ताव पास गर्दै सरकारसँग अनुहार ढाक्ने कपडामाथि प्रतिबन्ध लगाउन अपिल गरेका छन् ।

'इस्टर' को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ । राष्ट्रपतिले नेशनल तौहीत जमात र जमियत मिल्लत इब्राहीमजस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । यी संगठनका बैंक खाता पनि फ्रिज गरिएको छ ।

Advertisement

Advertisement

Advertisement