नेपाल बंगलादेश बैंक र एशियन लाइफबीच सम्झौता

Advertisement

काठमाडौँ । नेपाल बंगलादेश बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आईतबार बीमा सुविधा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकले बैंकका ८८ शाखाबाट सहज रूपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement