गरिमा विकास बैंकको नयाँ शाखा सूर्यविनायकमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सोमबार सूर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न स्थानमा थप १५ शाखाकार्यालय स्थापना गर्ने जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement