आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनकालागी समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । द्विपक्षीय आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनकालागी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल-चाईना चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधि मण्डलले द्विपक्षीय आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनका लागि संघ र बेजिङ् स्थित चाईना ओभरसिज डेभलपिङ् एसोसिएसनवीच समझदारी पत्र मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ्मा हस्ताक्षर सम्पन्न भएका हो ।

सहमतीपत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ ।

साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ । सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले संघको दुइ पक्षीय आर्थिक तथा लगानी प्रर्बधन, पर्यटन, कृषिको बिकास गर्ने उदेश्यले भएको र हालसम ३१ वटा चीनीया व्यवसायी संघ संस्था संघ सकझदारी पत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको कुरा व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले हालै सम्माननीय राष्ट्रपतिज्यूको चीन भ्रमणले दुइ देश बिचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । साथै हाल नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने विविध सुविधा नेपालले प्राप्त गर्ने भएको हुदा चीनीया व्यवसायीलाइ नेपालम उधोग स्थापना गरी निर्यात वढाउन अनुरोध गरे । उहाले लगानीका लागि पर्यटन,कृर्षि,जलश्रोत तथा पुर्वाधार उपयुक्त क्षेत्र रहेको समेत वताए ।

समझदारी पत्रमा संघका तर्फबाट उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा चाईना ओभरसिज एसोसिएसनको तर्फबाट महासचिव हे जेन्वइले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement