एन आई सी एशिया बैंकको दुई नयाँ शाखा उद्घाटन

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले सोमबार २ नयाँ शाखा उद्घाटन गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने क्रमसँगै बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उद्घाटन उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले गरे भने काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको उद्घाटन प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरे ।

हाल सम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई  पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Advertisement

Advertisement

Advertisement