नेपाल एग्रो लघुवित्तको आईपीओ बाँडफाँड, आवेदकले कति कित्ता शेयर पाए होलान् त ?

Advertisement

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा मंगलबार लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो।

यस आइपीओमा १५ हजार १२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल ३ लाख १५ हजार ६३० जनाले सेयर भरेका थिए । यसमध्ये ३ लाख १४ हजार ९२५ जनाको आवेदन सदर भएको थियो भने बाँकी ७ सय ५ जनाको आवेदन रद्द भयो । यस आधारमा ९५.१९ प्रतिशत आवेदकको हात खाली भएको देखिन्छ ।

नेपाल एग्रो लघुवित्तले वैशाख ८ देखि ११ गतेसम्म एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छ्ट्टाएर एक लाख ५१ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। जसमा २ हजार ४८९ कित्ता लघुवित्तका ६६ जना कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको थियो।

उक्त सेयरमध्ये ०.५ प्रतिशत (२ हजार ४८९ कित्ता) कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार ८९ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको हो । बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । नेपाल एग्रोको आइपीओमा माग भन्दा ४१.६५ गुणा बढी आवेदन परेको छ । ३ लाख १५ हजार ६३० जना लगानीकर्ताले ६४ लाख २ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए ।

Advertisement

Advertisement

Advertisement