ठगी अभियोगमा ‘बाल योगेश्वर महाराज ’ दोस्रो पटक डिल्लीबजार जेलमा

Advertisement

काठमाडौँ । अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरीमा शुक्रबार बाल योगेश्वर महाराजलाई पुनः पक्राउ गरी कैद भुक्तानको लागि सदरखोर डिल्लीबजार पठाइएको छ । बाल योगेश्वर महाराज नामले परिचित असली नाम विजय भण्डारी दास्रो पटक डिल्लीबजार जेल परेका हुन्।

सतहमा भागवत वाचन गर्ने देखिए पनि उनको धन्दा भने अलग रहेछ । विजय भण्डारी अर्थात बाल योगेश्वर महाराजलाई २०७१ साल भदौमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगेको उजुरी उनीविरुद्ध परेका थिए । प्रहरीले अनुसन्धान गरी ठगी अभियोगमा अदालतमा मुद्दा दायर र्गयो। त्यतिबेला उनी स्वामी विष्णु प्रपन्नाचार्यका नामबाट चिनिन्थे।

जिल्ला अदालत काठमाडौंले बाल योगेश्वर महाराजलाई २०७३ मंसिर ६ गते ठगी मुद्दामा १ वर्ष जेल सजायँ सुनायो। त्यसैगरी ८१ लाख ७७ हजार २ सय रुपैयाँ बिगोसहितको जरिवाना पनि सुनायो । जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार महाराजले १ वर्ष कैद सजायँ भुक्तान गरे। तर, जरिवाना रकम भने बुझाएनन्। १ वर्ष जेल बसेर छुटेपछि विजय भण्डारी अर्थात ‘महाराज’ फेरि आफ्नै धन्दामा लागे।

गत असोजमा गुल्मीको पालुखामा उनले कथा वाचन गर्दै गरेको समाचार बुटवल टुडेदेखि नेपाल समाचारपत्रमा समेत छ। जिल्ला अदालतको फैसलालाई चुनौति दिँदै विजय भण्डारी अर्थात ‘महाराज’ उच्च अदालत पाटनमा पुनरावलोकनका लागि पुगे। तर, उच्च अदालतले पनि २०७५ मंसिर ११ गते जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो। फैसला सदर भएपछि गएको शुक्रबार उनलाई पुनः पक्राउ गरी कैद भुक्तानको लागि सदरखोर डिल्लीबजार पठाइएको हो। ८१ लाख रुपैयाँ जरिवाना रकम नबुझाएसम्म उनी छुट्ने छैनन्।

Advertisement

Advertisement

Advertisement