गरिमा विकास बैंककोे ५० प्रतिशत नाफा

Advertisement

काठमाडौँ । २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४२ करोड ३७ लाख रुपैयाँ कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५० दशमलव ५१ प्रतिशतले वृद्धि गरेको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा २८ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा गरिमा बैंकले ३० अर्ब ३५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १५ करोड ७५ लाख रुपैेयाँ कर्जा लगानी गरेको छ । जसले कर्जामा ५२ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थिायो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ९९ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद व्याज आम्दानी ४१ दशमलव ६३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा बैंकले ६९ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालुु आर्थिक वर्षको समिक्षा अवसिधमा बैंकको संचालन मुनाफा ५२ दशमलव ६ प्रतिशतले बढेर ६६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ५८ पैसा र तरलता अनुपात २८ दशमलव १७ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement