जापानको विद्युतीय सामग्री उत्पादक सोनी कम्पनीको नाफामा लगातार वृद्धि

Advertisement

टोकियो । जापानको विद्युतीय सामग्री उत्पादक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ ।

मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ ।

कम्पनीको नाफा वृद्धि हुनुमा मुख्य गरेर अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement