निर्माण व्यवसायीको गुनासो:  ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो दिएन्

Advertisement

काठमाडौँ । निर्माण व्यवसायीहरुलाई नचिनेको मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘नचिनेको मोबाइल नम्बर’ बाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले आफूहरुलाई पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की दिनहुँजसो आउने गरेका बताए । महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईलमार्फतआउने गरेको छ । तर सो जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ ।

अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण समेत गराएका छन् । महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

Advertisement

Advertisement

Advertisement