प्रचण्डले समर्थन जनाएका भेनेजुएलाका राष्ट्रपति मडुरो देश छाडेर भाग्ने सोचमा

Advertisement

काठमाडौं । सत्तारुप नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले समर्थन जनाएका भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरो देश छाडेर निर्वासनमा जाने सोचमा पुगेका छन् । भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले खुलासा गरेका छन् ।

तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भन्दै खण्डन गरेका छन् । पोम्पेओले भने विमानस्थलमा मडुरोलाई क्युबा लैजान विमान तयारी हालतमा राखिएको छ । रुसले देश नछाड्न दबाब दिएका कारण मात्रै मडुरो अझै भेनेजुयलामा अडिएका हुन् । मडुरोले भने पोपेम्ओको यो भनाई जोक मात्रै भएको भन्दै प्रतिवाद गरेका छन् ।

कम्युनिष्ट नेता मडुरोलाई रुस, चीन क्युवाको समर्थन छ भने विपक्षी ग्वाइदोलाई अमेरिकाले समर्थन गरेको छ । दुई देशको राजनीतिक हस्तक्षेपले गर्दा भेनेजुयलामा राजनीतिक संकट सिर्जना भएको छ । विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा लोकतन्त्रका लागि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका छन् ।

अमेरिकासहित युरोप, ल्याटिन र दक्षिण अमेरिकी देशहरुको समर्थनमा आन्दोलनको नेतृत्व गरिरहेका ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनको सो घोषणालाई मडुरोले अस्वीकार गरेका छन् । भनेजुयलामा राजनीतिकसँगै अहिले आर्थिक संकटको स्थिति पनि सिर्जना भएको छ ।

Advertisement

Advertisement

Advertisement