धादिङमा बस दुर्घटना, १३ जना घाइते

Advertisement

धादिङ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना ७ ख ३२४० नम्बरको बस बिहिवार बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानीखोलामा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । सामान्य घाइतेहरुको शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला ट्राफिक पोस्टका नायब निरीक्षक उद्धव पोखरेलले बताए ।

Advertisement

Advertisement

Advertisement