बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

Advertisement

बझाङ । बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
थलारा गाउँपालिका –५ गौमती खोलामा बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप विवाहको सामान र्पुयाएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement