नेपाल लाइफको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन, प्रतिकित्ता कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको बिहीबार सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

२५ प्रतिशत बोनस शेयर पछि इन्स्योरेन्सको शेयर मूल्य १ हजार १६ रुपियाँ ८० पैसा कायम भएको छ । जसको औषत आधार मूल्य १३ सय ५० रुपियाँ ९० पैसा रहेको छ ।

मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । सो दिन करिब १२ बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९५ रुपियाँमा झरेको छ ।

Advertisement

Advertisement

Advertisement